दार्जिलिङको वार्ड नम्बर 26-का 60 वर्षीय वृद्ध कोरोना संक्रमित

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 26 –मा एकजना 60 वर्षीय वृद्धको कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएपछि आज तिनलाई सिलगढी कोभिड अस्पतालमा लगिएको छ। स्थानीय मानिसहरूले दिएको जानकारीअनुसार उक्त व्यक्ति गत 7 दिनअघि बिहारबाट आएपछि तिनी होम क्वारेन्टाइनमा थिए। हाल कोरोना संक्रमितका परिवारका अन्य सदस्यहरूलाई पनि आइसोलेसनमा राखिएको छ। गत दुई दिनको अवधिमा दार्जिलिङ महकुमा क्षेत्रबाट यो पाँचौँ कोरोना संक्रमणको मामिला हो भने हिजो सुकिया ब्लकबाट 2 जना अनि बिजनबारी क्षेत्रबाट 2 जना कोरोना संक्रमित भेट्टाइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *