दार्जिलिङ लोअर चुङथुङका 15 परिवार हाम्रो पार्टीमा सामेल

दार्जिलिङ (निसं) : दार्जिलिङको चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत पर्ने लोअर चुङथुङका तृणमूल काङ्ग्रेस लगायत अन्य पार्टी त्यागेर 15 परिवार समष्टि अध्यक्ष सतेन घले र सचिव विशाल दर्नालको नेतृत्वमा हाम्रो पार्टीमा सामेल भएको छ। दार्जिलिङस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको निजी वास स्थानमा पुगेर लोअर चुङथुङको 15 परिवारका सदस्यहरूले हाम्रो पार्टीलाई समर्थन जनाएका छन। समर्थन गर्नेहरूमा तृणमूल काङ्ग्रेस लगायत अन्य पार्टीको रहेको पार्टी सूत्रले जनाएको छ।


यस अवसरमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले ती समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै दलीय झण्डा सुम्पिए। हाम्रो पार्टीको भिजन र जनहित कार्यहरू देखेर पहाडदेखि तराई-डुवर्स आदि क्षेत्रका मानिसहरू समेत प्रवाहित बनेको साथै पार्टीको भिजन र पार्टीको जनहित कार्यहरूलाई देखेर आफुहरू हाम्रो पार्टीमा सामेल भएको कुरा ती समर्थकहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *