दार्जिलिङमा 75औँ गणतन्त्र दिवस पालन

दार्जिलिङ : स्वतन्त्र भारतको 75औँ गणतन्त्र दिवस समारोह दार्जिलिङको चौरास्तामा दार्जिलिङ जिल्ला मजिस्ट्रेट प्रीति गोयल, एसपी दार्जिलिङ प्रवीण प्रकाश र अन्य अधिकारीहरूको प्रमुख उपस्थितिमा एउटा भव्य समारोह बीच पालन गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला मजिस्ट्रेट प्रीति गोयलले राष्ट्रिय झण्डा उत्तोलन गरिन्।


यसपछि जिल्ला पुलिस, सिभिल भोलेन्टियर, फायर ब्रिगेड लगायत 5औँ बङ्गाल एनसीसी क्याडेडहरूले परेड प्रस्तुत गर्दै सलामी दिए भने मजिस्ट्रेट प्रीति गोयलले सलामी ग्रहण गरिन्। यसको साथै विविध सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *