दार्जिलिङमा विद्यार्थीहरूलाई चामल र आलु वितरण

दार्जिलिङ: दार्जीलिङ नगरपालिका बोइज स्कूलले आफ्नो स्कूलका विद्यार्थीहरूलाई मीड डे मील योजनाअनुसार, आज 2 किलो चामल र 2 किलो आलु वितरण गऱ्यो। आज यी विद्यार्थीहरूलाई चामल र आलु वितरण गर्दा विद्यार्थीहरूलाई एकार्कादेखि निकै टाड़ा-टाड़ा राख्ने व्यवस्था गरिएको देखियो। विशेष कोरोना भाइरसको संक्रमणबाट विद्यार्थीहरूलाई प्रभावित नहोस् भन्ने कुरालाई ध्यानमा राखेर नै स्कूल प्रशासनले विद्यार्थीहरूलाई एकार्काबाट टाड़ो राखेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *