दार्जिलिङमा सीएए अनि एनआरसी-को विरोधमा पदयात्रा शुरू

दार्जिलिङ : सीएए अनि एनआरसी विरुद्ध दार्जिलिङमा आज मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा एउटा विराट प्रतिवाद जुलूसको आयोजना भइरहेको छ। गोजमुमो विनय पन्थी अनि हिल तृणमूल कांग्रेसको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतिवाद जुलूसमा गोजमुमो, हिल तृणमूल कांग्रेस लगायत 16 वटा विकास बोर्डका चेयरम्यान तथा सदस्यहरू, विभिन्न संघ-संगठन तथा धार्मिक संगठनका प्रतिनिधिहरूलगायत धेरै संख्यामा मानिसहरू भेला भएका छन्।


दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनबाट उक्त जुलूस शुरू भएर एचडी लामा रोड, गाँधी रोड हुँदै काक झोड़ा पुगेर राष्ट्रिय राजमार्गबाट मोटर स्ट्यान्ड पुगेपछि लगभग चार किलोमिटरको पदयात्रापछि यसको समापन गरिने भएको छ। जुलूसमा सामेल भएका हजारौँका संख्यामा मानिसहरूले सीएए अनि एनआरसीको विरोधमा नाराबाजी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *