दार्जिलिङमा गोरामुमो सदर 1 समष्टिको सांगठनिक सभा

दार्जिलिङ : दार्जिलिङ शाखा अन्तर्गत सदर 1 समष्टिको सांगठनिक सभा दार्जिलिङ शाखा कार्यलयमा सम्पन्न भयो। पुरण राईको अध्यक्षतामा बसेको उक्त सभालाई सञ्जय खवासले सञ्चालन गरेका थिए। सभामा समष्टिको सांगठनिक विषयमाथि चर्चा परिचर्चा गर्नको साथै वार्ड नम्बर 5 र 6-मा पुरानो शाखा कमिटीलाई विघटन गरेर नयाँ शाखा गठन गर्यो। गोरमुमो केन्द्रीय सदस्य बिरेन लामाले पार्टीको सांगठनिक गतिविधिहरू तीव्र पार्नले उद्देश्य लिएर उक्त नयाँ कमिटीको गठन गरेको बताए।


तिनले नव गठित कमिटीलाई पार्टीको अनुशासनमा रहेर काम गर्ने साथै शाखाहरूमा पार्टीको गतिविधि तीव्र पार्ने निर्देश दिँदै नवगठित शाखा कमिटीलाई बधाई अनि शुभकामना दिए। गोरामुमो युवा एकाईका सदस्य राजीव राईले युवाहरू अघि आएर जाति र माटोको उन्मुक्तिको निम्ति अध्यक्ष मन घिसिङको हात बलियो बनाउनु पर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *