दार्जिलिङमा हस्तशिल्प कला प्रदर्शन तथा बिक्री मेला शुरू

दार्जिलिङ: घरेलु सुक्षम एवम् मध्यम उद्योग विभाग, जीटीएद्वारा आयोजित 10 दिने जिल्ला स्तरीय हस्तशिल्प कला प्रदर्शन तथा बिक्री मेला दार्जिलिङको चौरास्ता छेउ भानु भवन परिसरमा आज 29 नोभेम्बरदेखि आरम्भ गरियो। उक्त 8 दिसम्बरसम्म चल्ने उक्त मेलामा स्थानीय लगायत बाहिरका मानिसहरूद्वारा निर्मित विभिन्न सर-समान तथा घरेलु उत्पादहरू प्रदर्शनी तथा बिक्रीमा राखिएको छ। गत दुई वर्ष कोरोना संक्रमणले गर्दा उक्त हस्तशिल्प मेला प्रदर्शनी तथा बिक्री सम्पन्न गर्न नसके तापनि यस वर्ष सरकारको अनुमति लिएर आयोजना गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *