दार्जिलिङमा लकडाउन कठोरतापूर्वक पालन

दार्जिलिङ : पहाडमा पनि बढ्दो कोरोना संक्रमणलाई रोक्नको निम्ति जीटीए तथा प्रशासनद्वारा दार्जिलिङ जिल्लाको चारैवटा नगरपालिका क्षेत्रहरू लगायत कोरोना संक्रमित कतिपय बजारहरूमा आजदेखि 7 दिनसम्मको निम्ति लकडाउनको घोषणा गरिएकोले आज पहिलो दिन दार्जिलिङ सहर पूर्ण रूपले  बन्द रह्यो। दार्जिलिङ सहर लगायत यसको वरिपरिका सबै ठाउँहरूमा आज पूर्ण रूपले लकडाउन पालन गरेको देखियो। सहरका सबै दोकानपाटहरू लगायत सरकारी तथा गैर-सरकारी कार्यालयहरू पूर्ण रूपले बन्द रह्यो भने केवल अति आवश्यक छुट दिएका केही दोकानहरू मात्र खुल्ला रहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *