दार्जिलिङमा माध्यमिक शिक्षा केन्द्र संगठनको सभा

दार्जिलिङ : पहाडभरिमा सञ्चालित माध्यमिक शिक्षा केन्द्रहरूको छाता संगठन माध्यमिक शिक्षा केन्द्र संगठनको आज एउटा सांगठनिक सभा जीडीएनएस हल दार्जिलिङमा समपन्न गरियो। सांगठनिक चर्चासँगै गरिएको सभामा आगामी 18 दिसम्बरमा दार्जिलिङमा संगठन लगायत अन्य राज्यव्यापी संगठनको आयोजनामा समान काम समान वेतनको माग गर्दै एउटा र्‍यालीको आयोजना गर्दै जिल्लापाललाई ज्ञापन समेत चढाउने संगठनका सचिव छत्र सिङ निरौलाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *