दार्जिलिङमा नयाँ पार्टी राष्ट्रिय गोर्खा आदिवासी मोर्चा गठन

दार्जिलिङ : बङ्गाल विधानसभा चुनाउको ठीक केही महिनाअघि आज दार्जिलिङमा नयाँ राजनीतिक पार्टीको जन्म भएको छ। दार्जिलिङस्थित एउटा होटलमा आज पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ पार्टी राष्ट्रिय गोर्खा आदिवासी मोर्चा-को गठन भएको घोषणा गरियो। उक्त नयाँ राजनैतिक पार्टीको मुख्य उद्देश्य दार्जिलिङ तथा तराई, डुवर्समा रहेको चियाकमानका कर्मचारी तथा श्रमिकहरूको हक अनि अधिकार दिलाउनु रहेको बताइएको छ। उक्त पार्टीको अध्यक्षको रूपमा सिलगढी प्रधाननगर निवासी अमित सिंह सिन्चुरीलाई चयन गरिएको छ भने सोनादाका प्रणय शेर्पालाई महासचिवको रूपमा छनौट गरिएको छ। यस अवसरमा अन्य 8 जना व्यक्तिहरू पनि उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *