दार्जिलिङमा पहिरोले एउटा घर क्षतिग्रस्त

दार्जिलिङ : वर्षा शुरू हुनसाथ दार्जिलिङ पहाडमा पहिरो जाने क्रम शुरू भएको छ। आज दार्जिलिङको चौरस्तामुनि मूल डाँड़ामा बिहान लगभग साढे नौ बजी पहिरो जाँदा एउटा घर क्षतिग्रस्त बन्न पुगेको छ। प्राप्त जानकारीअनुसार उक्त पहिरोले मूल डाँड़ा निवासी पत्रकार सुश्री सबिता सङ्कल्पको घर माथिबाट आएको पहिरोले भत्काइदिएको छ। तथापि, उक्त घटनामा परिवारका सदस्यहरूलाई कुनै प्रकारको चोट-पटक नलागेको तर भाग्यले बाँचेको बताइएको छ। माथिबाट आएको पहिरोले घरको केही भाग क्षतिग्रस्त हुनको साथै माटोको थुप्रोहरू पनि झरेर आएकोले गर्दा हाल स्थानीय गाउँलेहरूको सहयोगमा सफाई कार्य शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *