दार्जिलिङमा पुस्तक मेला आजदेखि शुरू

दार्जिलिङ : पश्चिम बङ्गाल सरकार अनि जीटीएको जन शिक्षा प्रचार एवम् प्रसार विभागको संयुक्त आयोजनामा 24औँ दार्जिलिङ जिल्ला पुस्तक मेलाको आज एउटा रङ्गारङ्ग कार्यक्रमहरूबीच शुरू गरियो। दार्जिलिङको चौरस्ता परिसरमा आयोजित उक्त पुस्तक मेला आगामी 17 मार्चसम्म चल्ने बताइएको छ। उक्त मेलामा नेपाली, हिन्दी, अङ्ग्रेजीलगायत अन्य भाषाहरूका पुस्तकहरू बिक्रीमा राखिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित विभागीय मन्त्री सिद्दिकुल्ला चौधरीले दीप प्रज्ज्वलन गरेर पुस्तक मेलाको विधिवत् उद्घाटन गरे। तिनले यस अवसरमा उक्त पुस्तक मेलाबाट मानिसहरूलाई फाइदा उठाउने आहवान गरे। यसको साथै तिनले कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै यसबाट बाँच्नको निम्ति राज्य सरकारले आगामी 16 मार्चदेखि 31 मार्चसम्म सबै स्कुल, कलेज तथा अन्य शैक्षिक संस्थानहरूमा विदाको घोषणा गरेको जानकारी पनि गराए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *