दार्जिलिङमा शेर्पा विकास बोर्डको स्थापना दिवस साथै ल्होछार पर्व पालन

सिलगढी : शेर्पा जातिको विकास तथा उन्नतिको निम्ति राज्य सरकारको पहलमा गठन गरिएको शेर्पा कल्चरल डेभलपमेन्ट बोर्डले पाँच वर्ष पुरा गरेको उपलक्ष्यमा आज दार्जिलिङको चौरस्तामा स्थापना दिवसमा विविध कार्यक्रमहरूको आयोजना गर्नको साथै ल्होछार पर्व पनि बडो हर्षोल्लासको साथमा पालन गरिरहेको छ। दार्जिलिङको चौरस्तामा आयोजित उक्त कार्यक्रमको गोजमुमो 2-का अध्यक्ष विनय तामाङ दीप प्रज्ज्वलन गरेर उद्घाटन गरे। दार्जिलिङ जिल्लाशासक दीपाप प्रिया पी, ब्याकवर्ड क्लासेस वेलफेयर डिपार्टमेन्ट एवम् प्रिन्सिपल सेक्रेटरी एसके थाडेलगायत अन्य विभिन्न बोर्डका चेयरम्यानहरू  एवम् अन्य शीर्ष पदाधिकारीहरू उपस्थित थिए।


यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै विनय तामाङले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा पहाडको समस्त जनजातिको विकास गर्ने उद्देश्य लिएर मोठ 14 वटा बोर्ड गठन गरेको बताए। आज शेर्पा बोर्डको स्थापना दिवसको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना भइरहेको साथै शेर्पा जातिको मुख्य पर्व ल्होछार पनि बडो हर्षोल्लासको साथमा पालन भइरहेको तिनले बताए। आजको स्थापना दिवस कार्यक्रम तथा ल्होछार पर्वमा दार्जिलिङ तथा कालेबुङ जिल्लाका विभिन्न ठाउँहरूबाट शेर्पा समुदायका मानिसहरू आफ्नो भेषभूषामा धेरै संख्यामा भेला भएका थिए। यस अवसरमा शेर्पा जातिको सांस्कृति गीत तथा नृत्यहरू प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *