दार्जिलिङमा सुरक्षा देवलहरूको उद्घाटन

दार्जिलिङ: जीटीए कोषमार्फत दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 23-को क्षेत्रहरूमा 27 लाख रूपियाँको लागतमा निर्माण गरिएको पाँच वटा सुरक्षा देवलको उद्घाटन आज नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी र दार्जिलिङ नगरपालिकाका उपाध्यक्ष प्रतिभा राईको उपस्थितिमा गरियो। उक्त विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सदर 2 संयोजक तिलक देवान, दार्जिलिङ नगरपालिका उपाध्यक्ष प्रतिभा राई साथै वार्ड नम्बर 23 गौसल्ला समाजका महासचिव जीवन तामाङले एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *