दार्जिलिङ मोड़को ट्राफिक कार्यालय र तेञ्जिङ नोर्गेको मूर्ति सौन्दर्यीकरणको चेयरम्यान गौतम देवद्वारा उद्घाटन

सिलगढी: क्रिसमसको अवसरमा सिलगढी नगर निगमले आज दुईवटा निर्माण कार्यको उद्घाटन गरे। सिलगढी नगर निगमका प्रशासनिक बोर्डका चेयरम्यान गौतम देवले आज दार्जिलिङ मोड़स्थित ट्राफिक गार्डको कार्यालय अनि यसपछि यहाँको तेञ्जिङ नोर्गेको स्टेच्यूको सौन्दर्यकरणको विधिवत् रूपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा प्रशासक गौतम देव, प्रशासनिक बोर्डका सदस्य रञ्जन सरकार लगायत अन्य अधिकारीहरू उपस्थित थिए। स्मरण रहोस, दार्जिलिङ मोड़मा जामको समस्या एउटा महत्वपूर्ण कुरा रहेको छ भने यहाँ ट्राफिक विभागको कार्यालय सानो भएकोले ट्राफिक कर्मीहरूलाई धेरै असुविधा भइरहेको कुरालाई ध्यानमा राखेर सिलगढी नगर निगमको तर्फबाट दार्जिलिङ मोड़ नजिक ट्राफिक कार्यालय बनाइ दिएको थियो। यसैगरी, दार्जिलिङ मोड़ नजिक पर्वतारोही तेनजिङ नोर्गे शेर्पाको स्टेच्यु (मूर्ति) को सौन्दर्यीकरण गरिएको थियो। नगर निगमको तर्फबाट 23 लाख रुपियाँको सहयोगमा ट्राफिक कार्यालय अनि तेञ्जिङ नोर्गेको मूर्तिको सौन्दर्यीकरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *