दार्जिलिङ मोड नजिक रुख लड्दा यातायातमा बाधा, दमकल कर्मीहरूको सहयोगमा हटाइयो 

सिलगढी : सिलगढी पुलिस कमिश्नरेट कार्यालय संलग्न राष्ट्रिय राजमार्ग 31 –मा गत राति एउटा रुख लडेपछि दमकल कर्मीहरूको सहयोगमा हटाइयो। यस अवधि दार्जिलिङ मोड़देखि सिलगढी गेटसम्म केही समयको लागि वाहनहरूको जाम लागेको देखियो। प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्ग 31-मा एउटा रुख लड़ेपछि यसबारे मतिगढा थानालाई खबर दिए। यसपछि मतिगढा थानाले घटनाबारे डिजास्टर म्यानेजमेन्ट विभागको दमकल विभागलाई खबर दिएपछि सिलगढी दमकल कार्यालयबाट दमकल अधिकारी लगायत कर्मचारीहरू घटनास्थलमा पुगेर सड़कबाट उक्त लडेको रुख काटेर हटाएपछि यातायात पुनः सुचारु बन्यो। दमकल विभागका अधिकारी शंकर सेनले बताएअनुसार पुलिस कमिश्नरेट कार्यालय नजिक एउटा रुख लडेको कन्ट्रोल रूमबाट खबर पाएपछि सबै तयारीको साथमा घटनास्थलमा पुगेर उक्त लडेको रुख काटेर सडकबाट हटाइयो। उक्त रुख झर्दा जान-मालको कुनै क्षति नभएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *