दार्जिलिङ नगरपालिका कर्मचारीहरू आजदेखि 24 घण्टे रिले अनशनमा

दार्जिलिङ : दार्जिलिङ नगरपालिका कर्मचारी संगठनद्वारा आजदेखि 24 घण्टे रिले अनशन दार्जिलिङ नगरपालिका कार्यालयअघि शुरू गरिएको छ। उक्त रिले अनशन आउँदो 28 सेप्टेम्बरसम्म लगातार चल्ने भएको छ भने यदि यस अवधिसम्म पनि सरकार पक्षबाट कुनै प्रकारको उचित पहल नभए आन्दोलनले फेरि अर्कै रूप लिने कर्मचारी संगठनले जनाएको छ। स्मरण रहोस्, दार्जिलिङ नगरपालिकामा धेरै वर्ष अघिदेखि कार्यरत कर्मचारीहरूको स्थायीकरण गरिनुपर्ने लगायत अन्य कर्मचारीहरूको विभिन्न समस्याहरूको समाधान गरिनुपर्ने मागलाई लिएर नगरपालिका कर्मचारीहरूले गत केही दिन अघिदेखि लगातार धरना प्रदर्शनी गर्दै आइरहेको थियो भने आजदेखि दार्जिलिङ नगरपालिका कार्यालय परिसरमा 24 घण्टे रिले अनशनमा बसेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *