दार्जिलिङ नगरपालिका चेयरम्यान हाम्रो पार्टी-का रितेश पोर्तेल, भाइस चेयरम्यान याङ्जी शेर्पा

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाको शपथ ग्रहण समारोह आज दार्जिलिङ नगरपालिका कन्फरेन्स हलमा सम्पन्न गरियो। नगरपालिका चेयरम्यानको रूपमा हाम्रो पार्टीबाट रितेश पोर्तेल चयन भएका छन् भने याङ्जी शेर्पालाई भाइस चेयरम्यान चयन गरिएको छ। स्मरण रहोस, हालै दार्जिलिङ नगरपालिकाको 32 वटा वार्डमा सम्पन्न चुनाउमा विजयी बनेका हाम्रो पार्टीका 18 जना, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका 9 जना, गोजमुमोका 3 जना अनि हिल तृणमूल कङ्ग्रेसका 2 जनाले आज शपथ ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *