दार्जिलिङ नगरपालिका बोर्ड लडाउन हाम्रो पार्टीका नगर पार्षदहरूलाई करोड रुपियाँको अफर : अजय एडवार्डस

दार्जिलिङ : हाम्रो पार्टीको नगरपार्षदहरूलाई करोड रूपियाँको प्रलोभन देखाउँदै किन्ने प्रयास गरेको पार्टी अध्यक्ष अजय एडवार्डसले आज बताए। दार्जिलिङ शहरको नेरू रोडस्थित हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसको नीजि वासस्थानमा आज एडवार्डसले आफ्नो पार्टीका नगरपार्षदहरूसँग बैठक गरे। लगभग दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकपछि अध्यक्ष अजय एडवार्डसले हाम्रो पार्टीका पाँच जना नगरपार्षदहरूलाई करोड रूपियाँको प्रलोभन देखाउँदै किन्ने प्रयास गरेको बताए। अध्यक्ष एडवार्डसले हाम्रो पार्टीको एकजना नगरपार्षदलाई एक करोड रूपियाँको अफर दिएको तिनले बताए। त्यसरी नै अर्को एक जना नगरपार्षदलाई 70 लाख रूपियाँको प्रलोभन दिएको अनि तीन जना नगरपार्षदहरू प्रत्येकलाई 30 लाख रूपियाँको प्रलोभन दिएको अध्यक्ष एडवाडर्सले दावी गरे। हाम्रो पार्टी-का नगरपार्षदहरूलाई करोड रूपियाँको प्रलोभन देखाउँदै नगरपार्षदको पदभारबाट राजीनामा दिने प्रस्तावहरू राखेको नगरपार्षदहरूले आफुलाई जानकारी गराएपछि आज सवै नगरपार्षदहरूलाई लिएर बैठक गरेको हो भन्ने अध्यक्ष एडवार्डसले बताए। बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले अझ भने, हाम्रो पार्टीको पाँच जना नगरपार्षदहरूलाई एउटा राजनैतिक पार्टीको नेतृत्वहरूले करोड रूपियाँको प्रलोभन देखाउँदै नगरपार्षदको पदभारबाट राजीनामा दिने प्रस्ताव दिएको तिनले बताए। हाम्रो नगरपाषदलाई सिलगढीको दार्जिलिङ मोडस्थित एउटा दोकानमा दुई लाख रूपियाँ अहिले नै हातमा दिने अनि रहल 28 लाख रूपियाँ राजीनामा पत्र सुम्पिएपछि दिने साथै स्थिति सामान्य नभएसम्म गोवामा बस्ने ब्यवस्था पनि मिलाइदिने अफर दिएको तिनले बताए। त्यसरी नै एकजना नगरपार्षदलाई नगरपालिका कार्यालयभित्रमा नै अफर दिएको अध्यक्ष एडवार्डसले बताए।


बातचितको क्रममा अध्यक्ष अजय एडवार्डसले एकजना नगरपार्षदलाई एक करोड रूपियाँको अफर दिएको अनि अर्को नगरपार्षदलाई 70 लाख रूपियाको अफर दिएको बताए। आजको बैठकमा हाम्रो पार्टी-को कानूनी सल्लाकार एवम् उकिलहरूसँग पनि चर्चा परिचर्चा भएको जानकारी दिँदै रूपियाँको प्रलोभन देखाउनेहरू विरूद्ध पुलिसमा प्राथमिकी दर्ता गर्न पर्ने आदि जस्ता विषय माथि पार्टीको उकिल एवम् कानूनी सल्लाकारहरूले नै निर्णय लिनेइछ भन्ने तिनले बताए। दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड गठन भएपछि नगरपालिका क्षेत्रहरूमा हाम्रो पार्टीको बोर्डले राम्रो कामहरू गर्दै आइरहेकोले बोर्डको यस्तो असल कार्यहरू देखेर ती राजनीति दलका नेतृत्वहरूलाई हुनसम्म असहज भइरहेको हुनाले हाम्रो पार्टीका नगरपार्षदहरूलाई रूपियाँको प्रलोभन देखाएर बोर्ड भङ्ग गर्ने प्रयास गरिरहेको अध्यक्ष एडवार्डसले आरोप लगाए। तिनले दार्जिलिङ नगरपालिकाको चुनाउमा हाम्रो पार्टीका उम्मेद्वारहरू रूपियाँ कमाउँछु भन्ने ईच्छाले नआएको दावी गर्दै दार्जिलिङको त्यो पुरानो गरिमा फर्काइ ल्याउन आएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *