दार्जिलिङ नगरपालिका क्षेत्रका उच्च विद्यालयका धेरैजना शिक्षक-शिक्षिकाहरू तृणमूल कङ्ग्रेसमा सामेल

दार्जिलिङ: दार्जिलिङ नगरपालिका क्षेत्रका उच्च विद्यालयका धेरैजना शिक्षक- शिक्षिकाहरूले आज एक कार्यक्रम बीच तृणमूल कङ्ग्रेस पार्टीलाई समर्थन जनाए। गत केही दिन यता दार्जिलिङ पहाडमा अन्य राजनीतिक दलहरु त्यागेर तृणमूल कङ्ग्रेस पार्टीमा सामेल हुने क्रम निक्कै बढेर गएको देखिन्छ। केही समय अघि पहाडको राजनीतिमा तेस्रो अध्याय शुरु गर्ने घोषणा गरेका विनय तामाङले तृणमूल कङ्ग्रेसलाई समर्थन जनाएपछि हाल पहाडभरि नै तृणमूल कङ्ग्रेस पार्टीमा समर्थन जनाउने क्रम बढेर गइरहेको छ। यसैक्रममा आज दार्जिलिङमा सम्पन्न एउटा कार्यक्रममा तृणमूल कङ्ग्रेस पार्टीका नेतृत्वहरू विनय तामाङ,एनबी खवास लगायत अन्य शीर्ष नेतृत्वहरुको उपस्थितिमा दार्जिलिङ नगरपालिका क्षेत्रका उच्च विद्यालयका धेरैजना शिक्षक- शिक्षिकाहरुले तृणमूल कङ्ग्रेस पार्टीलाई समर्थन जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *