दार्जिलिङ नगरपालिका चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको मोठ 32 वटा वार्डहरूको 84 वटा बुथमा आज शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न भयो। आज बिहानैदेखि नगरपालिकाको सबै वार्डहरूमा रहेको बुथहरूमा पुरूष तथा महिला मतदाताहरू मतदान गर्न पुगेको देखियो। दार्जिलिङ नगरपालिकामा 32 वटा वार्ड रहेको छ भने यहाँ मोठ 65 हजार 398 जना मतदाताहरू छन्। यसैगरी, 32 वटा वार्डका उम्मेद्वारहरूको पक्षमा मतदान गर्नको लागि चुनाउ आयोग कमिशनद्वारा 84 वटा बुथ बनाइएको थियो। जहाँ कठोर सुरक्षा व्यवस्थाबीच आज शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न भयो। आज सम्पन्न भएको दार्जिलिङ नगरपालिका चुनाउको परिणाम आगामी 2 मार्चको दिन हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *