दार्जिलिङ नगरपालिका चुनाउ : भागोप्रमो प्रार्थी मुकुन्द बराइलीद्वारा 26 नम्बर वार्डमा चुनाउ प्रचार

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 26 का उम्मेद्वार मुकुन्द बराइलीले आफ्नो समर्थकहरूसित चुनाउ प्रचारको लागि घर दैलो अभियान गरे। यस अवसरमा तिनले भने, कर्म गरे मात्र दार्जीलिङ, नयाँ दार्जीलिङ बनिनेछ, हल्ला गरे माछा बजार। मलाई 26 नम्बर वार्ड माछा बजार होइन, स्वर्ग बनाउनु छ। यसैले विकसित नयाँ दार्जिलिङ निर्माणको लागि आफुलाई मतदान गरेर विजयी बनाउने तिनले वार्डवासीसित अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *