दार्जिलिङ नगरपालिका चुनाउ: भागोप्रमो-ले बोर्ड गर्ने अनित थापाको दावी

खरसाङ: भारतीय गोर्खा प्रजतान्त्रिक मोर्चाले यसपाली दार्जिलिङ नगरपालिका चुनाउमा बहुमतले बोर्ड गठन गर्ने पार्टी अध्यक्ष अनित थापाले दावी गरेका छन्। हाल चुनाउ प्रचारको निम्ति प्रत्येक मतदाताहरूको घर दैलोमा जाँदा तिनले वार्डवासीहरूको विविध समस्या तथा गुनासोहरू सुनिरहेका छन् भने ती समस्याहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खुबै गम्भीरतापूर्वक लिएर यसतर्फ खुबै इमान्दारीको साथमा काम गर्ने आश्वासन दिएका छन्। दार्जिलिङ नगरवासीले भारतीय गोर्खा प्रजतान्त्रिक मोर्चालाई एकपल्ट मौका दिएको खण्डमा दार्जिलिङ नगरपालिकाको रूपनै बद्लिनेछ भनी तिनले बताए। चुनाउ प्रचार अवधि वार्डवासीहरूले आफ्नो पार्टीको उम्मेद्वारहरूलाई भरोसा, विश्वास र आस्था देखाइरहेकोले चुनाउमा पार्टी जीत निश्चित रहेको थापाले दावी गरे। भागोप्रमो-का प्राय: सबै उम्मेद्वारहरू योग्य, शिक्षित अनि सामाजिक कार्यहरूमा संलग्न रहेको कारण पनि जनताको भरोषा उनीहरूप्रति छ भन्दै अध्यक्ष थापाले यसपल्टको दार्जिलिङ नगरपालिकामा आफ्नो पार्टीले बोर्ड गठन गरेको खण्डमा नगरपालिका सबै बुनियादी समस्या तथा नगरवासीको लामो समयदेखिको विभिन्न मागहरू पुरा गर्ने आश्वासन दिएका छन्। तिनले जनताको भरोषा र विश्वासलाई भागोप्रमोले कुनै पनि अवस्थामा तोड़ने छैन भन्दै थापाले फेरि पनि एकचोटि सम्पूर्ण दार्जिलिङ नगरवासीप्रति नगरपालिकाको बत्तीसवटै आसनमा भारतीय गोर्खा प्रजतान्त्रिक मोर्चाको पक्षमा भोट हालेर विजयी बनाउने औ दार्जिलिङ नगरपालिकालाई सुव्यवस्थित बनाउने अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes