दार्जिलिङ नगरपालिका चुनाउ: विधायक निरज जिम्बाले वार्ड नम्बर 13 मा गरे चुनाउ प्रचार

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको लागि वार्ड नम्बर 13 को गोरामुमो युवा उम्मेद्वार राप्देन दोर्जे शेर्पाको समर्थनमा निम्ति विधायक तथा गोरामुमो नेता निरज जिम्बाले आज चुनाउ प्रचार गरे। तिनले आज पार्टीको उम्मेद्वार लगायत कार्यकर्ताहरूलाई साथमा लिएर 13 नम्बर वार्डका मानिसहरूको घर घरमा पुगेर चुनाउ प्रचार गर्नको साथै वार्डवासीलाई भोटको निम्ति अपील पनि गरे। आजको वार्ड चुनाउ प्रचार अवधि गोरामुमो उम्मेदवार लगायत निरज जिम्बा, वाई लामा, सन्दिप लिम्बू, रञ्जिता सुब्बा, बसु तामाङ, रबिन गुरुङ, पप्पु अन्सारी, घुम जोरबङ्लो समष्टिका अध्यक्ष मणि लामा साथै गोरामुमो कार्यकर्ताहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *