दार्जिलिङ नगरपालिका चुनाउ:  गोजमुमो-ले जारी गर्‍यो प्रार्थीको पहिलो सूची

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउको निम्ति आफ्नो पार्टीका उम्मेद्वारहरूको पहिलो सूची गोजमुमो अध्यक्ष बिमल गुरूङले आज घोषणा गरे। आज दार्जिलिङको सिंहमारीस्थित केन्द्रीय पार्टी कार्यालयमा पार्टीका केही शीर्ष नेतृत्वहरूको उपस्थितिमा अध्यक्ष बिमल गुरूङले पहिलो उम्मेद्वारहरूको सूची घोषणा गरे। यसको साथै पहिलो पहिलो सूचीमा रहेको 13 जना प्रार्थीहरूलाई पार्टी कार्यालयमा आधिकारिक रूपले चुनाउ प्रार्थीका रूपमा टिकट पनि वितरण गरे। यस अवसरमा बिमल गुरूङले बताएअनुसार गोजमुमो पार्टीको गठबन्धन गर्ने विषयमा बैठकहरू भइरहे तापनि हालसम्म कुनै पार्टीसित आधिकारिक रूपमा गठबन्धन गरेको छैन। आउँदो दार्जिलिङ नगरपालिका चुनाउमा पार्टीको प्रमुख मुद्दा पहाडमा पानी, ट्राफिकको समस्या लगायत सहरलाई सफा-सुग्घर राख्ने तथा पहाडको विकास रहनेछ। आउँदो नगरपालिका चुनाउमा प्रमुख प्रतिद्वन्द्विता कुन दलसित हुनेछ भन्ने सोधिएको प्रश्नको जवाब दिँदै बिमल गुरूङले भने, चुनाउमा खडा भएका विपक्षी दलका सबै उम्मेद्वार तथा निर्दलीय उम्मेद्वारहरूसित आफ्नो पार्टीको प्रतिद्वन्द्विता हुनेछ। यसको साथै रहल अन्य वार्डका उम्मेद्वारहरूको सूची पनि चाँडै सार्वजनिक गरिने तिनले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *