दार्जिलिङ नगरपालिका चुनाउमा गोरामुमो-ले भाजपासित गठबन्धन गरेर लड्ने

दार्जिलिङ : दार्जिलिङ नगरपालिका चुनाउमा यसपल्ट गोरामुमोले भाजपासित गठबन्धन गरेर चुनाउ लड्ने भएको छ। गोरामुमो र भाजपा गठबन्धनद्वारा आज गोरामुमो केन्द्रीय कार्यालय दार्जिलिङमा आयोजित एउटा कार्यक्रममा उम्मेद्वारहरूको घोषणा गरिएको छ। उक्त घोषणाको साथै ती उम्मेद्वारहरूले आज नामाङ्कन पत्र पनि बुझाए। उक्त गठनबन्धन पार्टीको टिकट वितरण कार्यक्रममा गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा, केन्द्रीय उपाध्यक्ष किशोर गुरूङ, दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, केन्द्रीय समिति सदस्य मणिकला तामाङ, केन्द्रीय कार्यालय प्रवक्ता वाई लामाको उपस्थितिमा चुनाउ प्रमाण पत्र उम्मेद्वारहरूलाई प्रदान गर्नको साथै तिनीहरूलाई उपस्थित पदाधिकारीहरूले खदा माला लगाइदिएर चुनाउको निम्ति अग्रिम शुभकामना दिए। पार्टी सूत्र मार्फत् थाहा लागेअनुसार दार्जिलिङ नगरपालिकाको मोठ 32 वटा आसनमध्ये 22 वटा आसनमा गोरामुमो प्रार्थीले अनि रहल 10 वटा आसनमा भाजपाले उम्मेद्वार खडा गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *