दार्जिलिङ नगरपालिका चुनाउमा हाम्रो पार्टी-को जीतपछि कालेबुङ सहरमा पटेका पड्काउँदै मनाए खुसियाली

कालेबुङ : दार्जिलिङ नगरपालिका चुनाउको मतगणना अनुसार हाम्रो पार्टी-ले मोठ 32 वटा वार्डमध्ये 18 वटा वार्डमा जीत हासिल गरेर बोर्ड गठन गर्न सफल भएकोमा खुसी प्रकट गर्दै यता कालेबुङको डम्बर चोकमा पनि हाम्रो पार्टीको कार्यकर्ताहरूले पटेका पड्काउँदै खुसियाली मनाए। हाम्रो पार्टीका समर्थकहरू मतगणनाको परिणाम हुनसाथ सहरको डम्बर चोक परिसरमा भेला भएर एक अर्कालाई बधाई दिँदै खुसीको साथमा नाराबाजी पनि गरे।


अर्कोतिर, हाम्रो पार्टीका कालेबुङका नेता पेन्जो गम्पुले हाम्रो पार्टीका सबै वार्डका विजयी उम्मेद्वारहरूलाई जीतको बधाई दिएका छन्। यस अवसरमा तिनले भने, दार्जिलिङ सहरको जनतालाई हामी धन्यवाद दिन चाहन्छौँ। हाम्रो परिवर्तन दिने काम अब शुरू भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *