दार्जिलिङ नगरपालिका चुनाउ : शान्तिपूर्ण ढङ्गमा मतदान जारी

दार्जिलिङ : राज्यभरिकै 108 वटा नगरपालिका लगायत दार्जिलिङ नगरपालिकामा आज चुनाउ सम्पन्न भइरहेको छ। दार्जिलिङ नगरपालिकाको 32 वटा वार्डको निम्ति मोठ 84 वटा बुथ बनाइएको छ। दार्जिलिङ नगरपालिका चुनाउको लागि मोठ 65 हजार 398 जना मतदाताले आफ्नो बहुमूल्य मतदान गरिरहेका छन्। विभिन्न राजनैतिका पार्टीका मोठ 148 जना प्रार्थीहरू चुनाउ मैदानमा ओर्लिएका छन्। आज कठोर सुरक्षा व्यवस्थाबीच चुनाउ सम्पन्न भइरहेको छ। आज बिहानैदेखि मानिसहरूले आ-आफ्नो मतदान केन्द्रमा गएर मतदान गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *