दार्जिलिङ नगरपालिका चुनाउ : तृणमूलद्वारा 10 जना प्रार्थीहरूको सूची जारी

दार्जिलिङ : राज्यको मोठ 108 वटा नगरपालिकाहरूसितै आगामी 27 फरवरीको दिन दार्जिलिङ नगरपालिकाको पनि चुनाउ सम्पन्न हुने भएको छ। नगरपालिका चुनाउको निम्ति उम्मेद्वारहरूले 9 फरवरीसम्म आवेदन गर्न सक्नेछन् भने 10 फरवरीको दिन आवेदनकारीहरूको स्क्रुटिनी हुनेछ। यसै क्रममा राज्यको सत्तारूढ तृणमूल कङ्ग्रेसले आज दार्जिलिङ नगरपालिका चुनाउको निम्ति आफ्नो प्रार्थीहरूको पहिलो सूची जारी गरेको छ। उक्त सूचीमा 10 जना उम्मेद्वारको नाम घोषणा गरिएको छ। जारी सूचीअनुसार नाम  अनि वार्ड तालिका यस प्रकार छ:


वार्ड नम्बर 2 – सोनम वाङचुक

वार्ड नम्बर 5 – सञ्जय गुरूङ


वार्ड नम्बर 8 – सान्डुप शेर्पा

वार्ड नम्बर 13 – मिलन डुक्पा

वार्ड नम्बर 14 – लाक्पा नर्बु शेर्पा

वार्ड नम्बर 18 – गणेश सार्की

वार्ड नम्बर 20 – डोमा भुटिया

वार्ड नम्बर 25 – लक्की डोमा यल्मो

वार्ड नम्बर 31 – चुङचुङ भुटिया

वार्ड नम्बर 32 – जीतेन कुमार सुन्दास।

Leave a Reply

Your email address will not be published. Required fields are marked *