दार्जिलिङ नगरपालिकाद्वारा होमदेन र रिफुजी सेन्टर क्षेत्रको निरीक्षण

दार्जिलिङ: दार्जिलिङ नगरपालिका नगरवासीको सेवामा निरन्तर लागि परेको छ भने आज वार्ड नम्बर-31 अन्तर्गत पर्ने होमदेन साथै रिफुजी सेन्टर क्षेत्रमा फोहोर र नालाहरू ब्लक भएको हुनाले वरिपरि बसोवासो गर्ने मानिसहरूले धेरै समस्याको सामना गर्नु परिरहेको थियो।


उक्त समस्यालाई लिएर गाउँवासीले नगरपालिकालाई जानकारी दिएपछि नगरपालिका संरक्षण विभागका उप-सभापति पार्षद गोपाल परियार साथै संरक्षण विभागका सव-इन्स्पेक्टर रबि तामाङ उक्त स्थानमा पुगेर समस्याको निरीक्षण गरे। यसको साथै तिनले यस विषयमा विशेष ध्यान दिने अनि चाँडै उक्त समस्यालाई समाधान गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *