दार्जिलिङ नगरपालिकाका कर्मचारीहरू-द्वारा पेन डाउन आन्दोलन जारी

दार्जिलिङ : स्थायीकरण लगायत अन्य विभिन्न मागमा आन्दोलनरत दार्जिलिङ नगरपालिकाका कर्मचारीहरूको दार्जिलिङ नगरपालिकामा पेन डाउन आन्दोलन जारी रहेको छ। दार्जिलिङ नगरपालिका कर्मचारी संगठनको ब्यानरमा कर्मचारीहरूले गत केही दिनदेखि धरना प्रदर्शनी लगायत अन्य कार्यक्रमहरू गर्दै आइरहेपछि मंगलबारदेखि पेन डाउन आन्दोलन शुरू गरेका छन्। संगठनको पक्षमा प्रणय शर्माले बताएअनुसार उक्त पेन डाउन आन्दोलन आगामी 14 सेप्टेम्बरसम्म जारी रहनेछ। यदि उक्त अवधि पनि कुनै प्रकारको सुनवाई नभए 24 सेप्टेम्बरदेखि 28 सेप्टेम्बरसम्म 24 घण्टे अनशन शुरू गरिने चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *