दार्जिलिङ नगरपालिका कर्मचारी संगठनका सदस्यहरू बिमल खेमामा सामेल

दार्जिलिङ : दार्जिलिङ नगरपालिका कर्मचारी संगठनको सभा गोर्खा दुःख  निवारक सम्मेलन भवनमा आज सम्पन्न भयो। उक्त सभामा पुरानो तृणमूल कङ्ग्रेस पार्टीसँगको पुरानो कर्मचारीलाई संगठनलाई भङ्ग गरेर संगठनका सदस्यहरू आज गोजमुमो बिमल खेमामा सामेल भए। गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाका महासचिव रोशन गिरीको उपस्थितिमा सम्पन्न सभामा संगठनका लगभग 3 सय सदस्यहरूले पार्टीको झण्डा ग्रहण गर्नको साथै अबदेखि बिमल पन्थीमा रहेर पार्टीलाई सहयोग पुर्‍याउने कटिबद्धता जाहेर गरे। उक्त सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जिलिङ नगरपालिका कर्मचारी संगठनका अध्यक्ष अनुप लामाले आजदेखि पुरानो संगठनलाई पूर्ण रूपले भङ्ग गरेको घोषणा गर्नको साथै गोजमुमो बिमल खेमामा सामेल भएको जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *