दार्जिलिङ नगरपालिकाको आसन आरक्षणको सूची जारी

दार्जिलिङ : दार्जिलङ नगरपालिकाको चुनाउ कार्यक्रमको घोषणा हुन अगावै दार्जिलिङ जिल्ला शासक तथा नगरपालिका चुनाउ अधिकारी दीपापप्रिया पी-ले दार्जिलिङ नगरपालिकाको आसन आरक्षणबारे सूची जारी गरिन्। उक्त आरक्षणबारे कुनै पनि राजनैतिक दललाई आपत्ति रहेको खण्डमा आगमी दुई हप्ताभित्रमा लिखित रूपमा जनाउन सक्ने छन्। प्रकाशित सूचीअनुसार दार्जिलिङ नगरपालिकाको मोठ 32 वटा वार्डमध्ये तीनवटा आसन अनुसूचित जातिको उम्मेद्वारको निम्ति अनि सातवटा अनुसूचित जनजनातिको उम्मेद्वारका लागि आरक्षण गरिएको छ। नगरपालिकाको 32 वार्डमध्ये महिलाहरूको निम्ति 11 आसन, अनुसूचित जातिको निम्ति 3 अनुसूचित जनजातिको 7 आसन आरक्षित गरिएको छ। साधारण जाति (जेनरल) महिलाहरूको निम्ति 7 वटा आसन आरक्षित रहेको छ। दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 9 (महिला), 27 र 32 अनुसूचित जातिको निम्ति आरक्षित गरिएको छ भने 8, 10 (महिला), 14,19,20 (महिला), 24,28 (महिला) नम्बर अनुसूचित जनजातिको निम्ति आरक्षित रहेको छ। यसबाहेक 3,6,12,16,21,25 र 38 नम्बर वार्ड जेनरल महिलाहरूको निम्ति आरक्षित छ। यसबाहेक अन्य रहल वार्डहरूमा सबै जात अनि लिङ्गका उम्मेद्वारहरूको निम्ति खुल्ला राखिएको जारी सूचीमा उल्लेख गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *