दार्जिलिङ नगरपालिकाको 11 नम्बर वार्डबाट 12 परिवार बिमल खेमामा सामेल

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 11 नवीन ग्रामबाट 12 परिवार पुनः गोजमुमो बिमल खेमामा सामेल भएका छन्। गोजमुमो बिमल खेमा केन्द्रीय उपाध्यक्ष आरपी वाईबा, केन्द्रीय सदस्य मणि गुरूङ, युवा मोर्चा केन्द्रीय कार्यकारी अध्यक्ष नोमन राई, वार्ड  नम्बर 11-का पार्षद् तर्पण रूम्बा, युवा मोर्चा सदस्य उदय छेत्री लगायत अन्य नेतृत्वहरूको सक्रियतामा तिनीहरू पुनः आफ्नै पार्टीमा फर्कि आएको बताइएको छ। आफ्नो पार्टीमा फर्किआएका ती परिवार पक्षले विगतमा विनय गुटका केही नेतृत्वहरूले आफूहरूलाई मानसिक यातना दिएर झण्डा समाएको समेत आरोप लगाउँदै अब बिमल गुरूङको आगमन तथा तिनको नेतृत्वले सम्पूर्ण पहाड, तराई, डुवर्समा पुनः शान्ति बहाली हुने तथा गणतन्त्र पुनः स्थापित हुने बताए। पार्टी अध्यक्ष बिमल गुरूङले लिएको निर्णयलाई तिनीहरूले स्वागत जनाउँदै वर्तमान राजनैतिक परिस्थितिमा उक्त निर्णय स्वागतयोग्य रहेको दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *