दार्जिलिङ नगरपालिकाको चुनाउ :  भागोप्रमो 18 नम्बर वार्डका प्रार्थी नौशद रहमानको पक्षमा मतदान गरिदिने अनित थापाले गरे अपील

दार्जिलिङ : आउँदो दार्जिलिङ नगरपालिकाको चुनाउ आगामी 27 फरवरीको दिन सम्पन्न हुने भएकोले गर्दा हाल विभिन्न राजनैतिक दलका उम्मेद्वारहरू सहित निर्दलयी प्रार्थीहरूले चुनाउ प्रचार तीव्र रूपमा गरिरहेका छन्। यसै क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 18 नम्बर वार्डका उम्मेद्वार नौशद रहमानको पक्षमा पनि आज यस वार्डमा चुनावी जनसम्पर्क अभियान गरियो।


यस अवसरमा पार्टी अध्यक्ष अनित थापाले 18 नम्बर वार्ड अन्तर्गत पर्ने प्रगति ग्राम क्षेत्रका मानिसहरूलाई वार्ड लगायत दार्जिलिङ नगरनिगम क्षेत्रको प्रगति र विकासको निम्ति आफ्नो पार्टीका उम्मेद्वार नौशद रहमानको पक्षमा मतदान गरिदिने अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *