दार्जिलिङ : अतिरिक्त जिल्लापाल एवम् दार्जीलिङ नगरपालिकाको प्रशासक सुरजीत दत शर्माले आज नव निर्वाचित चेयरम्यान रितेश पोर्तेललाई नगरपालिका अध्यक्षको कार्यभार सुम्पिए। गत केही दिन अघि दार्जिलिङ नगरपालिका चुनाउमा नगरपालिकाको मोठ 32 वटा आसनहरू मध्ये हाम्रो पार्टीले 18 वटा आसनहरूमा जीत हासिल गरेपछि सम्बन्धित विभागले हाम्रो पार्टीलाई बोर्ड गठन गर्ने निम्तो दिएपछि गत 15 मार्चको दिन दार्जिलिङ महकुमा शासक दुलेन रायले रितेश पोर्तेललाई चेयरम्यान पदभारको शपथ दिलाएका थिए। आज अतिरिक्त जिल्लापाल एवम् दार्जिलिङ नगरपालिकाको प्रशासक सुरजीत दत शर्माले चेयरम्यान रितेश पोर्तेललाई नगरपालिकाको कार्यभार सुम्पिएका छन्। स्मरण रहोस्, गत 2020 देखि दार्जिलिङ नगरपालिकाको कार्यभार अतिरिक्त जिल्लापालले सम्हाल्दै आइरहेका थिए।
