दार्जिलिङ नगरपालिकाको पूर्व उपाध्यक्ष सागर तामाङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको ठीक अघि नगरपालिकाका पूर्व उपाध्यक्ष सागर तामाङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। तिनलाई आज पार्टी अध्यक्ष अनित थापाले खादा माला लगाइ दिएर पार्टीमा सामेल गराउनको साथै स्वागत जनाए। स्मरण रहोस, आउँदो दार्जिलिङ नगरपालिका चुनाउको लागि दार्जीलिङ जज बजारस्थित केन्द्रिय कार्यालयमा हिजो सम्पन्न एउटा कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेपछि हालसम्म मोठ 25 जना प्रार्थीको नाम सार्वजनिक गरिसकेका छन्। दोस्रो सूचीमा तीन जना उम्मेदवार क्रमैले 2 नम्बर वार्डबाट दावा भुटिया, 4 नम्बर वार्ड बाट गौतम तामाङ र 13 नम्बर वार्डबाट राहुल तामाङको नाम घोषणा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *