दार्जिलिङ नगरपालिकाको सबै 32 वटा वार्डमा हिल टीएमसी-ले प्रार्थी खडा गर्नेछ: एनबी खवास

दार्जिलिङ: बङ्गालको अन्य मोठ 108 वटा नगरपालिकासितै दार्जीलिङ नगरपालिकाको पनि चुनावी बिगुल बज्नको साथै यता दार्जीलिङ नगरपालिकाको चुनाउ लडने क्षेत्रिय पार्टी तथा राष्ट्रिय दलका प्रतिनिधिहरु अहिलेघडी नगरपालिका चुनाउको सन्दर्भबारे चर्चा-परिचर्चा गर्न व्यस्त देखिन्छन्। यसै क्रममा हिल तृणमूल कङ्ग्रेस पार्टीका प्रवक्ता एनबी खवासले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर यसपालीको दार्जीलिङ नगरपालिकाको चुनाउमा सबै 32 वटा आसनमा आफ्नो पार्टीले उम्मेद्वार खडा गर्ने जानकारी दिएका छन्। यसको साथै यसपालीको नगरपालिका चुनाउमा हिल तृणमूल कङ्ग्रेस पार्टीको चुनावी मुद्दाहरु अमरुद जल परियोजनाको‌ पिउने पानी, फोहोर मैलाको व्यवस्थापन, दार्जिलिङ नगरवासीहरुलाई पर्जापट्टा वितरण अनि शहर भित्रको पार्किङ ब्यवस्था प्रमुख रहने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *