दार्जिलिङ नगरपालिकाको सबै वार्डलाई 10-10 लाख रुपियाँ प्रदान गरिने: विष्णु मल्ल

दार्जिलिङ : दार्जिलिङ नगरपालिकाको वर्तमान बोर्डले नगरपालिकाको 32 वटा वार्डहरूलाई 10-10 लाख रुपियाँ दिइने निर्णय लिएको छ। दार्जिलिङ नगरपालिकाको विभागीय नगरपार्षद विष्णु मल्लले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। तिनले बताए अनुसार गत केही दिन अघि दार्जिलिङ नगरपालिकाको कार्यालयमा चेयरम्यान रितेस पोर्तेलको अध्यक्षतामा एउटा सभा सम्पन्न भएको थियो भने उक्त सभामा 14,15 को बजटबाट बाँचेको राशिलाई दार्जिलिङ नगरपालिकाको 32 वटा वार्डहरूलाई जीर्णोद्वार कार्यहरूको लागि प्रदान गर्ने निर्णय लिएको छ। तिनले अझ भने, उक्त बैठकमा चेयरम्यान, नगरपालिकाका सचिव, अभियन्ता आदिको उपस्थिति रहेको थियो। वार्डहरूलाई प्रदान गरिइने उक्त 10 लाख रुपियाँको प्रयोग वार्ड डेभलपमेन्ट कमिटीले कहाँ प्रयोग गर्नुपर्ने भन्ने विषयमा तय गर्ने साथै बर्खा याम शुरू भन्दा अगावै उक्त राशिको प्रयोग गरिसक्नु पर्ने मल्लले बताए। ड्रेन एवम् नालाहरूको मरमति आदि जस्ता कार्यमा पनि उक्त राशि प्रयोग गर्न सकिने तिनले बताए। बाटोमा लगाइने बिजुली बत्ती, रोड आदि जस्ता निर्माण कार्यको लागि नगरपालिकाले छुट्टै बजट तयार गर्ने तिनले बताए। दार्जिलिङ नगरपालिकाको चुनाव अवधि हाम्रो पार्टीले आफुहरूको बोर्ड गठन भएको खण्डमा सबैलाई समान नजरले हेर्ने साथै सबै वार्डहरूमा समान रूपमा विकास कार्यहरू गरिने आदि जस्ता वाचा गरे अनुसार एक-एक वटा गर्दै ती वाचाहरू पुरा गर्ने दिशामा काम गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *