दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 2 का सफाई कार्य तथा डस्बिन वितरण

दार्जिलिङ: आज बुद्ध पुर्णिामाको शुभ अवसरमा दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 2 का नगर पार्षद दिपेन ठकुरीले आफ्नो वार्डमा सफाई कार्य गरे। यसको साथै वार्डका सबै वासिन्दाहरूलाई नगरपालिकाको पक्षबाट डस्टबिन पनि वितरण गरे।


उक्त सफाई कार्य आफ्नो वार्डको प्रत्येक गाउँमा गर्ने साथै डस्टबिन प्रत्येक घर-घरमा दिने पार्षद दिपेनले जानकारी दिएका छन्। आज उक्त कार्यक्रम सफल भएकोमा पार्षद ठकुरीले नगरपालिका अध्यक्ष रितेश पोर्तेल अनि आफ्नो वार्ड कमिटीलाई कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *