दार्जिलिङ नगरपालिकामा पञ्जीकरण अनि नामान्तरण पुनः शुरू

दार्जिलिङ : दार्जिलिङको जनताले विगत धेरै वर्ष अघिदेखि भोग्दै आइरहेको पञ्जीकरण अनि नामान्तरण (रेजिस्ट्रेसन अनि म्युटेसन)-को जटिल समस्यालाई जीटीएका चेयरम्यान अनित थापाले समाधानको प्रक्रिया शुरू गरेका छन्। तिनले बताएअनुसार पञ्जीकरण अनि नामान्तरण नभएको कारणले साधारण जनतालाई विभिन्न समस्याहरू भइरहेको थियो। दार्जिलिङका जनता हालसम्म आफूले दुख गरेर किनेको फ्ल्याट अथवा घरको नामसारी नहुनु, बिजुली बत्तीको नयाँ संयोजन नहुनु आदि समस्याहरूले पीडित थिए। यी असुविधाहरूलाई ध्यानमा राखेर नै जीटीए चेयरम्यान अनित थापाले दार्जिलिङका जिल्लापालसित कुराकानी गरेपछि पुनः यसको सञ्चालन शुरू भएको बताइएको छ। तिनले पहाडको जनताको भलाइको लागि अनि तिनीहरूलाई कुनै पनि समस्या आइपरेको खण्डमा सरकारी स्तरमा आफू कुनै पनि हदसम्म गएर कानुनी रूपमा कार्य गर्ने बताएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *