दार्जिलिङ नगरपालिका वार्ड नम्बर 4 का अध्यक्ष बबीता गाङ्गुलीले दिइन् पार्टीबाट राजीनामा

दार्जिलिङ : गोजमुमो दुई पार्टीमा पैह्रो जाने क्रम लगातार एकपछि अर्को गर्दै जारी देखिन्छ। यसै क्रममा दार्जिलिङ नगरपालिका वार्ड नम्बर 4 का अध्यक्ष बबीता गाङ्गुलीले आज आफ्नो पद तथा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्। तिनले उक्त राजीनामा पत्र पार्टीका कार्यवाहक अध्यक्ष अनित थापालाई पठाएको बताइएको छ।


तिनले दिएको राजीनामा पत्रमा पार्टीको केन्द्रीय अध्यक्ष विनय तामाङले आफ्नो राजीनामा दिएपछि यस पार्टीभित्र अस्तित्व नरहेको अनुभूति रहेको छ भन्दै यसोसले आजदेखि पार्टीको पद अनि साधारण सदस्यताबाट सहृदय राजीनामा दिएको कुरा उल्लेख गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *