दार्जिलिङ पहाड क्षेत्रमा बजार खोल्ने समय तालिका संशोधन गरिनुपर्नेबारे विधायक जिम्बाद्वारा पत्राचार

दार्जिलिङ : कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर राज्य सरकारद्वारा जारी आंशिक लकडाउनको दार्जिलिङ पहाडी क्षेत्रमा बजार खोल्नको निम्ति समय तालिका संशोधन गर्नपर्ने बारे दार्जिलिङ जिल्ला अधिकारीलाई विधायक निरज जिम्बाले आज पत्राचार गरेका छन्। तिनले बताएअनुसार वर्तमान समयमा कोरोनाको संक्रमणलाई रोकथाम गर्न सरकारद्वारा जारी गरिएको निर्देशअनुसार बजार खोल्ने समय तालिका बिहान 7 बजीदेखि 10 बजीसम्म अपरान्ह 5 देखि 7 बजीसम्म दिएको छ। जनताको अपील अनुसार यो समय तालिका पहाडी क्षेत्रमा बसोबासो गर्ने चियाबारी अनि बस्तीका बासिन्दाहरूलाई अप्ठ्यारो पर्न गएको कारण जनताको अपीललाई ध्यानमा राखेर हालको समय तालिकाले बिहानको तोकिएको समयमा टाढोबाट आउनेहरूको निम्ति बजार पुग्न असम्भव रहेको साथै अपरान्हको समय घर फर्किनुपर्ने हुनेछ। यसैले हाल जारी गरेको समय तालिकाले सहरका बाहिरी क्षेत्रबाट आएका मानिसहरूलाई दैनिक आवश्यकता पर्ने समानहरूको किनबेच गर्नको निम्ति असुविधा रहेको कारण पहाडी क्षेत्रको समय तालिका संशोधन गरिदिने विधायक जिम्बाले जिल्ला प्रशासन समक्ष माग गरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *