दार्जिलिङ पहाडका स्कुल-कलेजहरू आजदेखि पुनः खोलियो

सिलगढी : कोरोना संक्रमणले गर्दा लगभग डेढ वर्ष अघिदेखि बन्द अवस्थामा रहेको जीटीए क्षेत्रका स्कुल कलेजहरू पनि आजदेखि पुनः खोलियो। राज्य सरकारको शिक्षा विभाग तथा मुख्यमन्त्रीको निर्देशपछि नै आजदेखि राज्यभरिकै नवौँ, दसौँ, एघारौँ र बाह्रौँ श्रेणीका विद्यार्थीहरूको लागि स्कुल खोलियो भने आजदेखि कलेज तथा युनिर्भसिटीहरू पनि खोलियो। प्राप्त जानकारी अनुसार दार्जिलिङ पहाडका सबै स्कुलहरू आजदेखि खोलिएकोले गर्दा नवौँदेखि बाह्रौँ श्रेणीका विद्यार्थीहरू उपस्थित थिए।


तिनीहरूलाई क्लासमा प्रवेश गर्न अघि अनिवार्य रूपमा मास्क र सेनिजाइजरको प्रयोग गरिएको छ अथवा छैन भन्नेबारे शिक्षकहरूले छानबीन गर्नको साथै शारीरित तापक्रम पनि जाँच गरेपछि मात्र स्कुलभित्र प्रवेश गर्ने अनुमति दिएको बताइएको छ। अर्कोतिर, सिलगढी क्षेत्रका सबै स्कुलहरू पनि आजदेखि पुनः नवौँदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूको निम्ति खोलियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *