दार्जिलिङ पहाडमा 14 वर्षीय किशोरलाई यौवन शोषण, आरोपी युवक पक्राउ

खरसाङ : दार्जिलिङ पहाडमा 14 वर्ष उमेर पुगेका एकजना किशोर (पुरूष) लाई 25 वर्षीय युवकले यौन शोषण गरेको घटना प्रकाशमा आएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पुलिसले यौन शोषणका आरोपी युवकलाई पक्राउ गरेको छ।  घटनाक्रम अनुसार गत जूनको दिन चाइल्ड लाइन सव-सेन्टरको 1098 नम्बरमा कसैले कल गरेर एकजना किशोरसँग यौन शोषण भएको जानकारी गराएको थियो। त्यसपछि चाइल्ड लाइन खरसाङको एक टीम भोलिपल्ट 16 जूनमा त्यस ठाउँमा गएर छानबिन गर्दा यो घटना प्रकाशमा आएको चाइल्ड लाइन खरसाङकी को-अर्डिनेटर ईशा लेप्चाले जानकारी गराएकी छन्। तिनले दिएको जानकारी अनुसार पीड़ित किशोरलाई ती युवकले दुईपटक यौन शोषण गरिसकेको थाहा लागेको तिनले बताइन्। अर्कोतिर, यौन शोषणको आरोपी युवकलाई पोक्सो एक्ट अन्तर्गत पक्राउ गरिएको खरसाङ थानाका एसआई मानव रायले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *