दार्जिलिङ पहाडमा 4 जनवरीसम्म ट्रकको पुरानै भाड़ा लिइने

खरसाङ : दार्जीलिङ ट्रक मालिक एसोसिएसनको तर्फबाट खरसाङमा एउटा सभा गरेर नयाँ वर्ष 2021 देखि ट्रकहरुले दार्जीलिङ पहाड़मा भाड़ा बनाउने निर्णय लिएको थियो तर उक्त विषयमा दार्जीलिङबाट आरटीओ-बाट सूचना आएर दार्जीलिङ ट्रक मालिक एसोसिएसनलाई लिएर दार्जीलिङ जिल्ला शासकसित आगामी 4 जनवरीको दिन दार्जीलिङमा सभा गर्ने वचन दिएको छ। जिल्ला शासकसित सभा गरिने भएकोले ट्रक मालिकहरूले 1 जनवरीदेखि बढ़ाउने भनिएको भाड़ा आगामी 4 जनवरीसम्मलाई स्थगित गरेको छ। उक्त विषयमा आज खरसाङमा एक पत्रकार सम्मेलन गरेर दार्जीलिङ ट्रक मालिक एसोसिएसनको सभापति मन्ना त्रिखत्रीले जानकारी गराएका छन्। तिनले मालिक एसोसिएसनको तर्फबाट 1 जनवरीदेखि बढ़ाउने भनिएको भाड़ा स्थगित गरिएको र आगामी 4 जनवरीसम्मलाई पुरानै भाड़ा लिइने सबै ट्रक चालकहरूलाई आह्वान पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *