दार्जिलिङ फर्किँदा अजय एडवर्डलाई विभिन्न ठाउँमा समर्थकहरूद्वारा भव्य स्वागत

खरसाङ : लगभग महिनापछि लद्दाख र दिल्लीबाट फर्किएका अजय एडवर्डलाई आज तिनको समर्थकहरूले ठाउँ-ठाउँमा भव्य स्वागत जनाए। सिलगढीबाट सिमलबरारीस्थित रोहिणी गेट नजिक आएपछि तिनले पत्रकारहरूलाई सम्बोधन गरे। पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै तिनले भने, आफ्नै नयाँ पार्टी गठन गर्ने इच्छा रहेको तर अहिले नै होइन केही समयपछि मात्रै नयाँ पार्टी खोल्ने इच्छा व्यक्त गरे। तिनले अझ भने, हामीले भनेको स्थायी राजनैतिक समाधान गोर्खाल्याण्ड हो र यदि गोर्खाल्याण्ड भएन भने पनि छैटौं अनुसूचीभन्दा सानो हुनु हुँदैन। हामीले काम गरिरहेका छौं कारण यो मुद्दा गोरामुमोको मात्र होइन हामी सबैको हो कारण हामीले पनि मुद्दाको लागि काम गरिरहेका छौं भनी तिनले बताए। एडवर्डले दिल्लीमा केजरीवालले जस्तै जनताको लागि काम गर्न सक्छौं कारण दार्जिलिङ अझ सानो छ र हामी पनि सिर्जनात्मक काम गरिरहेका छौं भनी बताए। तिनले मुद्दा भनेपछि हामी गोर्खा एकतामा जानुपर्छ र त्यसको लागि म ज्यान पनि दिन तयार छु र मुद्दाको लागि म बिमल, मन, अनित सबैसित बोल्न तयार छु भनी बताए। तिनले जीटीएमा भष्टाचार भएको जनताले भनिरहेको छ, जीटीएमा पैसा नआएको होइन पूरा आएको हो तर पनि सबै डामाडोल छ भन्दै यदि जीटीएको चुनाउ भए हामी चुनाउ लड़नेछौं भन्दै मैले पनि सत्ताको लागि राल चुहाएको छु कारण गरीब जनताको लागि काम गर्न तयार छु अनि हामीमा सत्तामा पनि आउँछौं र मुद्दाको लागि सामूहिक गोर्खा एकताको लागि कार्य गर्नेछौं भनी बताए। तिनले गोरामुमोलाई भङ्ग गर्ने मेरो कुनै सोच छैन अनि गोरामुमोले मलाई जति आरोप लगाए तापनि लगायोस् भन्दै गोरामुमोको कुरा गर्नु त्यति मन छैन भनी बताए। तिनले अब म तराई डुवर्सदेखि समर्थन जुटाउँदै पहाड़ जानेछौं भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *