दार्जिलिङ पुलिसद्वारा सिटोङ क्षेत्रमा सचेतना गर्दै माक्स तथा सेनिटाइजर वितरण

खरसाङ: दार्जिलिङ पुलिसद्वारा खरसाङ महकुमा अन्तर्गत सिटोङ 1 ग्राम पञ्चायत क्षेत्रमा कोरोना भाइरसबारे मानिसहरूलाई जागरूक गराउँदै माक्स तथा सेनिटाइजरहरू वितरण गरियो। दार्जिलिङ जिल्ला पुलिसको पक्षमा एएसपी अभिषेक गुप्ता, सेभोक पुलिस आउटपोष्टका बड़ाबाबु दालिम अधिकारी खरसाङ महकुमा अन्तर्गत सिटोङ क्षेत्रमा पुगेर कोरोना भाइरसबारे गाउँलेहरूलाई सचेतना गराउँदै गाउँमा कोरोना भाइरसको स्थिति के-कस्तो छ भन्ने विषयमा जानकारी लिए। स्थानीय किशोर राईले बताएअनुसार दार्जिलिङ पुलिसद्वारा गाउँलेहरूलाई सधैं सुरक्षित रहने, सामाजिक दूरीको नियम पालन गर्ने, आवश्यक काम परे मात्र घरदेखि बाहिर निस्कने अपील गरे। दार्जिलिङ पुलिसको उक्त टोलीद्वारा सिटोङको घलेटार, लोवर सिटोङ, सेब्जे आदि क्षेत्रतिर भ्रमण गरेको अनि यस अवसरमा पुलिसद्वारा सिटोङको लागि 200 वटा माक्स तथा 50 वटा सेनिटाइजर प्रदान गरे। यस अवसरमा सिटोङबाट बिक्रम राई, डिगेल फिपन र किशोर राई उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *