दार्जिलिङ पुलिसद्वारा विपन्न परिवारलाई खाद्य सामग्रीहरू वितरण

दार्जिलिङ: लकडाउनको कारण हाल कामविहिन भएका साथै आर्थिक रूपमा विपन्न अनि होम आइसोलेसनमा रहेका मानिसहरूलाई केही हदसम्म राहत होस् तथा भोकभोकै बस्न नपरोस् भन्ने मुल लक्ष्य लिएर दार्जिलिङ पुलिसले विभिन्न स्थानहरुमा खाद्य सामग्रीहरू वितरण गर्दै आइरहेको छ। हालसम्म एक सयभन्दा अधिक विपन्न परिवारलाई पुलिसले खाद्य सामग्रीहरू लगायत अन्य आवश्यक सर-सामान वितरण गरिसकेको थाहा लागेको छ। यसै क्रममा पुलिसले केही मानिसहरूलाई तिनीहरूकै घरमा पुगेर आवश्यक सर-समान वितरण गरेको बताइएको छ। कोरोनाको महामारीको समय हाल दार्जिलिङ पुलिसले विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरू वितरण गर्नको साथै दुर्गम क्षेत्रका गाउँवासीहरुलाई अन्य कतिपय आवश्यक सहयोग पुऱ्याउँदै आइरहेको एकजना पुलिस अधिकारीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *