दार्जिलिङ पुलिसद्वारा मङपु जनमैदानमा फुटबल म्याच आजदेखि आरम्भ

मङपु : दार्जिलिङ पुलिसद्वारा खेल उत्सवको नाममा शुरू गरेको फुटबल प्रतियोगिता आजदेखि मङपु जनमैदानमा पनि शुरू गरियो। मङपु पुलिसको आयोजनामा सम्पन्न उक्त फुटबल प्रतियोगितामा मङपुभरिकै 18 वटा टोलीले अंश ग्रहण  गरेका छन्। मङपु आउटपोस्ट थाना प्रभारी बिजय थामीले खेलप्रति  युवाहरूलाई प्रोत्साहन गराउने उद्देश्य लिएर पुलिसले उक्त प्रतियोगिताको आयोजना गरेको साथै रङली रङ्लियट थाना अन्तर्गत मङपु आउट पोस्टको आयोजनामा आजको फुटबल खेल आराम्भ भएको तिनले बताए।


मङपुबाट  विजय हुने दलहरू रङली-रङ्लियटमा गएर क्वाटर फाइनल खेल्ने अनि त्यहाँबाट  विजय हुने दलले आगामी 17 जनवरीको दिन दार्जिलिङमा गएर फाइनल खेल खेल्ने पुलिस अधिकारीले जनाए। आजको उद्घाटन खेलमा डीपी साईडले  रिभाईबल युथ क्लबलाई शून्यको विरुद्ध  3 गोल गरेर विजयी हासिल गर्नको साथै दोस्रो चरणमा पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *